जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार १७:४७

अलकायदा प्रमुख जवाहिरी : एउटा आँखाको डाक्टर कसरी बने खतरनाक आतंकवादी ?


एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति बाराक आवामाले २०११ म एबटावादमा एक सुनियोजित आक्रमणमा ओसामा विन लादेनलाई सफाया गरेपछि विश्व आतंकवादी संगठन अलकायदाको नेता बन्न सफल भएका थिए अयमान अल जवाहिरी । त्यही जवाहिरी जो सोमबार सिआइएकोे एउटा ड्रोन आक्रमणमा मारिएका थिए, अलकायदा प्रमुख चुनिनुअघि उनी ओसामा विन लादेको दाहिने हात मानिन्थे ।

तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले एक ट्वीट गर्दै अमेरिकी आक्रमणको निन्दा गरेका छन् र भनेका छन् ‘यो अन्तर्राष्ट्रिय नियमको प्रष्ट उल्लंघन हो ।’

जबकी, २०२० मा भएको दोहा सम्झौता, अफगानिस्तानमा रहेको अमेरिकी सेना फिर्ता गर्ने जो वाइडेनको घोषणाको अत्याधिक आलोचना भएको थियो । उनले तालिवानलाई देशभित्रको आतंकवादसँग लडन आह्वान गरेका थिए ।

साढे दुई करोड डलरको पुरस्कार
गुप्तचर शुत्रकाअनुसार अल–जवाहिरी आँखाका डाक्टर थिए र इजिप्टको इस्लामिक विद्रोही आतंवादी संगठनका सस्थापक थिए, जुन संगठन पछि अलकायदामा विलय भएको थियो । अमेरिकी विदेश विभागकाअनुसार ७१ वर्षीय जवाहिरीलाई एफविआइको मोस्टवान्टेड आतंकवादीहरू मध्येका एक भनेर सूचिवद्ध गरिएको थियो । उनलाई पक्राउ गर्नेलाई साढे दुइ करोड डलरको पुरस्कार घोषणा गरिएको थियो ।

इजिप्टमा जन्मिएका उनले ११ सेप्टेम्बर २००१ म अमेरिकी पेन्टागन आक्रमणको योजना बनाउन सहयोग गरेको र १९८८ मा तान्जानियाँ र केन्यास्थित अमेरिकी दूतावासमा भएको बम विस्फोटका साथै सन् २००० मा यमनमा अमेरिकी कोलमा आक्रमणका लागि दोषी मानिन्छ ।

जवाहिरीले सार्वजनिरूपमै आफ्नो समूहलाई अमेरिका र उसका सहयोगीहरूलाई आक्रमण गर्न र ती देशका नागरिकलाई अपहरण गर्न आदेश दिएका थिए । ताञ्जानियाँ र केन्याको दूतावासमा भएको बम स्विस्फोटमा १२ अमेरिकी नागरिकसहित २२४ जना मारिएका र ४५ सय घाइते भएका थिए । यमनमा गरिएको आक्रमणमा १७ जनाको मृत्यु भएको थियो । यी आक्रमणमा योजनाकार लादेन र मोहम्मद अतेफ पनि थिए, जो यसअघि नै मारिइसकेका छन् ।

ग्र्याजुएट थिए जवाहिरी
दूतावासमा गराइएको विस्फोटमा सात अन्य दाषी अमेरिकी जेलमा जन्मकैदको सजाय भोगिरहेका छन् । अमेरिकी विदेश विभागकाअनुसार युवावस्थामा जवाहिरी काहिरामा मुस्लिम ब्रदरहुडका सदस्य थिए । १९८० को दशकको मध्यमा बिन लादेनसँग मिसिनुअघि उनी मेडिकलका विद्यार्थी थिए र आँखाका डाक्टर भए ।

अफगानीस्तानमा सोभियत संघको कब्जा रहँदा उनी आतंकवादी संगठनको नजिक भए । विन लादेन मारिएको कोठामा पाइएको दस्तावेजअनुसार जवाहिरीले १९७४ मा काहिरा विश्वविद्यालयबाट स्नातक गरेका थिए ।

वैचारिकरूपले उनी धर्मनिरपेक्षताका कट्टर विरोधी थिए र १९८१ मा इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद अनवर अल–सादतको हत्यापछि विना लाइसेन्सको हतियार राखेको आरोपमा पक्राउ गरिएको थियो । हालै उनले इराक र सिरियामा भएको क्रुरताका लागि इस्लामिक स्टेटको निन्नदा गरेका थिए । एक अर्का अलकायदा नेता सैफ अल–अदेल अझै एफविआईको मोस्टवान्टेड सूचिमा रहेका छन् । जवाहिरी अलकायदाका अर्का वरिष्ठ नेता अब्द अल रहमान अल मघरेवीका ससुरा पनि थिए ।