काठमाडौं साउन १८। राष्ट्रिय महिला आयोगले आयोगकी अध्यक्ष कमला पराजुलीको विभिन्न सञ्चार माध्यमबाट चरित्रहत्या गर्ने रमानहानी समेत गर्ने दूराशयपूर्ण कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।
आयोगकी उपसचिव एवं प्रवक्ता चमिला भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘… अध्यक्ष पराजुलीले आफू कुनै पनिसमय कुनै पनि किसिमको गलत कार्य नभएको र आफूविरुद्ध लगाइएका लाञ्छना उपर सम्बन्धित नियामक निकायबाट छानबिन भईदोषी प्रमाणित भएमा आफू सजायँ भोग्न तयार रहेको समेत जनाउनु भएको छ।’
यस्तै अध्यक्षले सामाजिक सञ्जाल र सञ्जारमाध्यमबाट नकारात्मक समाचार लेख्ने सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुमाथिसत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलका अध्यक्षलाई समेत ध्यानाकर्षण गराएको आयोगले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्