जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार १९:५८

चुनाव आएपछि बालेनको शरणमा पुगे गगन


काठमाडौं, साउन १९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिनुभयो ।

बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उहाँले बिहीबार जानकारी दिनुभएको हो । ।

‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ थापाले भन्नुभएको छ ।