जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १८:१८

चुनाव घोषणालगत्तै आइजीपीले गरे ४३ डीएसपीको सरुवा, कस्लाई कहाँ पठाइयो ? (सूचीसहित)


काठमाडौं, साउन २० । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । सरकारले चुनावको मिति घोषणा गरेको भोलिपल्ट प्रहरी मानिरीक्षक धीरजप्रताप सिंहले ४३ डिएसपीको काज सरुवा गर्नुभएको हो ।

सरुवाअनुसार प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा हुनुभएको छ ।