जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार ०८:२३

माधवको गृहनगर गौर आउँदै ओली, यस्तो छ एमालेमा चर्चित नेताहरु भित्र्याउने कार्यक्रम


रौतहट, साउन २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रौतहट आउनु हुने भएको छ । माधव नेपालको गृहजिल्ला रौतहटमा एकिकृत समाजवादी सहित विभिन्न पार्टी त्यागेर हजारौं नेता कार्यकर्ता एमालेमा प्रवेश गराउन ओली आज गौर आउन लाग्नुभएको हो ।

पार्टी स्थायी कमिटी सदस्य प्रभु साहका अनुसार गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्ता सहित विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा मानिसहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

‘गाउँ गाउँमा एमाले प्रवेश गर्नेको सुची अन्तिम रुप दिदैछौ’ साहले यो बेलासँग भन्नुभयो ‘केही नेताहरु पनि हुनुहुन्छ । उहाँहरुको नाम कार्यक्रम स्थलमै सरप्राइज दिन्छौं । अब रौतहटलाई एमालेमय हुदैछ ।’

पार्टी प्रवेश गराउनका लागि अध्यक्ष केपी शर्मा ओली आज १ बजे गौर पुग्नुहुनेछ । ‘चलु गौर,भरु गौर’ भन्ने नाराका साथ गौरको व्यारेक फिल्डमा आमसभाको कार्यक्रम राखिएको एमाले केन्द्रीय सदस्य एवं साँसद रेखा झाले बताउनुभयो ।

अध्यक्ष ओलीले गौरका पूर्व मेयर एवं लोसपाका नेता अजय गुप्ता सहित हजारौंलाई पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।