काठमाडौं, साउन २४ । परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदै हुनुहुन्छ । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ।
उहाँले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ। चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा जान लाग्नुभएको हो । एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लाग्नुभएको ेहो । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।













प्रतिक्रिया दिनुहोस्