जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १३:५२

विचार नमिल्नेसँग एमालेले तालमेल गर्दैन : उपाध्यक्ष नेम्वाङ


पाँचथर, साउन २४ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश प्रतिनिधिसभा निर्वाचनमा विचार नमिल्ने दल वासमूहसँग तालमेल नगर्ने बताउनु भएको

प्रेस चौतारी नेपाल पाँचथरले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले यस्तो बताउनु भएको हो उहाँले चुनावीतालमेलका लागि अहिलेसम्म कसैसँग कुराकानी नभएको जानकारी पनि दिनुभयो

एमाले मजबुत शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्व एक्लै चुनाव लड्ने हाम्रो तयारी, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ,’ उपाध्यक्ष नेम्वाङले भन्नुभयो 

नेम्वाङले गठबन्धन सरकार महँगी नियन्त्रण,आर्थिक सूचक सुधार नागरिक उत्तरदायित्वमा पटकपटक चुकेको तथ्य पनि राख्नुभयो दूषित गठबन्धन चुनाव गर्ने मनस्थितिमा पनि थिएन, एमालेको दबाबसँगै निर्वाचन आयोगले पटकपटक दबाब दिएपछि मिति घोषणागर्‍यो, सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेन्डा बनाएर जनतामाझ गएर बहुमतल्याउछौँ,’ उपाध्यक्ष नेम्वाङले भन्नुभयो