जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार २०:४१

देउवासामू हाले बाबुरामले यस्तो बिन्तपत्र


काठमाडौं, साउन २४ । नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूहरुलाई बाइपास नगर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई बिन्तीपत्र हाल्नुभएको छ ।

सहयोद्ध महिन्द्रा यादवसहित प्रधानमन्त्री देउवालाई आज भेटेर भट्टराईले यस्तो बिन्तीपत्र हाल्नुभएको हो । भट्टराई र यादवले आज दिउसो प्रधानमन्त्री देउवासँग छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवासँगको भेटपछि स्वयं भट्टराईले बिन्तीपत्र हालिएको खुलासा गर्नुभएको छ । भट्टराईले लेख्नुभएको छ, प्रम शेरबहादुर देउवासँग् नेपाल समाजवादी पार्टी (नेसपा) को पहिलो औपचारिक भेट र समसामयिक राजनीतिक बिषय र आगामी निर्वाचनबारे सार्थक छलफल! बर्तमान गठबन्धन निर्माणमा सुरुदेखि नै नेसपा नेताहरुको महत्वपुर्ण योगदान रहेको तथ्यलाई गठबन्धन दल÷नेताहरुले नभुल्ने अपेक्षा !’