जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार ०८:५५

दल दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी, अहिलेसम्म ४० राजनीतिक दल


काठमाडौं, २९ साउन । आगामी मंसिर ४ हुने गते हुन गईरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन’ पौडेलले भन्नुभयो । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।