एजेन्सी । भारतमा आज ( १५ अगस्त) मा ७६ औं स्वतन्त्रता दिवस मनाइदैं छ । स्वतन्त्रताको ७५ वर्ष पूरा भएर ७६ औं वर्ष प्रवेशको यो दिवसलाई स्वतन्त्रताको अमृत महोत्सव भनिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ७६ औं स्वतन्त्रता दिवसमा भारतको विकासका लागि २०४७ सममको २५ वर्षीय खाका प्रस्तुत गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित लाल किल्लाबाट नवौं पटक राष्ट्रका नाममा सम्बोधन गर्दा प्रधानमन्त्री मोदीले १३० करोड जनताको सामूहिक चेतना र शक्तिको बारम्बार उल्लेख गर्नु भएको थियो । नरेन्द्र मोदीले देशलाई लुट्ने भ्रष्टचारी उम्कन नसक्ने संकेत दिनु भएको छ । उहाँले भन्नुभयो ‘राजनीतिमा परिवारवाद चल्दैन ।’
प्रधानमन्त्रीले स्पष्ट संकत दिँदै यी विकृतिविरुद्धको युद्धमा देशवासीसँग आशीर्वाद माग्नुभएको थियो । यो ठूलो संकेत हो। आगामी दिनमा मोदी सरकारले परिवारवाद र भ्रष्टाचारविरुद्ध ठूलो निर्णय लिने सम्भावना छ ।
देशको आधा जनसंख्याको प्रगतिको उल्लेख गर्दा नरेन्द्र मोदी अलि भावुक देखिनुभयो र उनीहरूमाथि भइरहेको व्यवहारप्रति दुःख व्यक्त गर्नुभयो । मेड इन इन्डिया, डिजिटल इन्डिया, आत्मनिर्भर भारत जस्ता ठूला लक्ष्यहरू पछ्याउँदै मोदीले देशको भविष्यको खाका कोर्नु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्