जनता टाइम्स

३० श्रावण २०७९, सोमबार १४:३९

इक्वेडरमा विस्फोट : पाँच जनाको मृत्यु, १६ जना घाइते


क्विटो, ३० साउन । इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताउनुभयो ।

उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताउनुभयो । देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ ।

उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्कालिन घोषणा गर्नुभएको छ । संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । तटीय सहरमा ३० दिन आपत्काल घोषणा गरिने सुरक्षामन्त्री डिएगो ओर्डोनेजले घोषणा गर्नुभयो ।