काठमाडौं, ३० साउन । चीन सरकारले हिमालय एयरलाइन्सको नेपाल–चीन उडान एक महिनाका लागि रोक लगाएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिडका कारण चीनले उडानमा रोक लगाएको हो। अगस्ट २ मा उक्त्त एयरलाइन्समा यात्रा गरेका १५ जना यात्रुलाई कोरोना देखिएपछि एक महिनाका लागि उडान बन्द गर्न अनुरोध गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । उहाँका अनुसार चीनले अगस्ट २२ देखि सेप्टेम्बर २१ सम्म लागू हुने गरी उडान बन्द गरिदिएको छ।
काठमाडौंबाट गएका यात्रुको पिसिआर गर्दा कोरोना देखिएछ। त्यहाँको नियमअनुसार एउटा उडानमा १० जनाभन्दा बढीमा कोरोना देखिएपछि एक महिनाका लागि रोक लगाइएको बताईएको छ ।हाल हिमालय एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको कुइमिङ सहरका लागि सातामा एक उडान भइरहेको छ।एक महिनाका लागि हिमालय एयरलाइन्सको उडान रोकिने भएसँगै प्राधिकरणले एयर चाइनालाई उडान थप्न अनुरोध समेत गरेको छ।













प्रतिक्रिया दिनुहोस्