सिन्धुपाल्चोक, ३१ साउन । मंसिर ४ नजिकिने क्रममा सिन्धुपाल्चोकमा राजनीति सरगर्मी बढ्दो छ । केन्द्र स्तरको गठबन्धन अस्वीकार गर्दै आफ्नै बिशेषतामा आधारित गठबन्धन गर्ने यो जिल्लाको चलन नयाँ हैन । ०४९ को सथानिय निर्वाचनमा देश भरि नै काँङ्ग्रेस एमाले बिरोधीसंग मिल्यो तर सिन्धुपाल्चोकले राप्रपा बिरोधी गठबन्धन बनायो जुन एमाले काँग्रेस दुबै पार्टीको केन्द्रीय नीति बिपरित थियो ।
हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा सिन्धु एमालेले पदीय संख्यामा काँग्रेशलाई उछिन्न नसके पनि लोकप्रिय मतमा सबैलाई उछिन्यो । यसबाट अत्तालिएका काँग्रेस माओबादीहरु संसदको निर्वाचनमा जसरी पनि मिल्न पर्छ भनिरहेका छन । सिङ्गलै निर्बाचन लड्दा दुबैलाई एमालेले बढार्छ भन्ने डर छ ।स्थानिय निर्वाचनमा काँग्रेस माओबादीको अघोषित घोषित दुबै प्रकारका गठबन्धन भयो । घोषित रुपमा दुई पालिकामा मात्रै गठबन्धन गरेका यी घटकहरु एकले अर्कोलाई दोषारोपण गर्दै उजुरी लिएर केन्द्रसम्म पनि धाए । एमालेलाई पराजित गर्न कसरथ गर्नेहरुको झुण्ड पनि त्यतिकै सकृय थियो ।
सार्बजनिक क्षेत्रमा तँ तँ म म गरेको देख्नेहरु भन्छन यी ओखर पाङ्ग्रे दलहरुको खिचडी गठबन्धनले राजनीतिलाई झन अस्थिर र बिकृत बनायो । आफ्नो आस्थाको दललाई भोट दिनै नपाईने, गठबन्धनको नाममा जतिसुकै जनबिरोधी भए पनि जिताउनु पर्ने बाध्यता ! चुनावमा पदिय स्वार्थले मिल्ने पछि काम गर्ने बेला झगडा गर्ने । यस्तो स्वार्थको राजनीतिलाई जनअनुमोदन गर्नै नहुने जनमत बढ्दै गएको छ । गठबन्धनका घटक भित्र टिकटको लागि झगडा बढ्दो छ । माओबादी नाताबादमा चल्ने पार्टी भएकोले पोलिट ब्युरोका पाँचजना मध्ये अधिकांस एकै परिवारका छन ।
सम्पर्ण जनजाती पङ्ति पार्टी छोड्ने लहरनै चलेको छ । चरम नीजि महत्वकांक्षी सापकोटाहरुको परिवारमा पनि झगडा भएको छ । गठबन्धन भयो भने सभामुख अग्नि सापकोटा आफै उठ्ने कुरा पारिवारीक जमघटमा बताई सकेका छन । अर्का चरम आकांक्षी दाबेदार माधव सापकोटा ०७४ कै निर्वाचनमा बागी उठ्ने घुर्कीमा थिए । धेरै पछि मात्र पार्टी काममा फर्केका थिए । अहिले उनले टिकटको निम्ति अनुकुल परिस्थिती बनाउन आफ्ना मान्छेहरु मर्फत मेडिया क्यापिन नै गरिरहेका छन । अग्निकै निर्वाचन क्षेत्रको बजेट आफनै तजबिजमा बाँडेर परिचय बनाएका भतिजको तिब्र महत्वकांक्षाको ब्याबस्थापन नै सापकोटा परिवारको चुनौती बनेको छ ।
” बिद्रोहमा गए ” जेठामामाको भाङ्ग्राको धोती कान्छा मामाको के गति ” हुने स्थिति छ । अग्निलाई समानुपातिकमा पठाउने हल्ला उनैले चलाएका हुन । उनका यी सट्याङ् मट्याङले काँग्रसका मोहन बहादुरलाई संघको टिकट सहज हुने देखिन्छ । अग्निलाई रिङआउट गर्न कांग्रेससंग पनि बाक्लो उठबस भएको बुझिन्छ ।अग्निले सांसद र सभामुखको भुमिका प्रभावकारी ढंगले निर्वाह नगरेको आरोप यीनैले लगाई रहेका छन । नेपाली काँग्रेश भित्रको रडाको पनि उसको निम्ति आगामी निर्वाचन निक्कै चुनौतीपुर्ण बनेको छ । देउवा खेमा तुुलनात्मकरुपले बलियो भए पनि शेखर कोइराला खेमाले आफ्नो तयारी धक्का पुर्याउने गरि गरिरहेको छ ।
गठबन्धनको टिकट मोहन बहादुरको पक्षमा गयो भने सके सम्म प्रेमध्वज लामालाई बिद्रोही उम्मेद्वार बनाउने शेखर पक्षको तयारी छ । लामो समय देउवा खेमामै रहेका लामा काँग्रश भित्रका बौद्विक र जनजाती भावना समेट्ने नेता भनेर चिनिन्छ । यदि लामा बिद्रोही उम्मेदवारको निम्ति तयार नभए भूपिन्द्र थापा आफै भिडने तयारीमा छन । यसले काँग्रसमा ठुलै रेक्टरको भुकम्प जाने देखिन्छ । सघीय निर्वाचन क्षेत्र २ मा भने नेकाबाट पुर्वपंच बिष्णु बिक्रम थापा र माओबादीको तर्फबाट युवराज दुलालको नाम चर्चा छ । एमालेले शेर बहादुर तामाङ् नै उठाउने र जनजाती क्षेत्रको मत बाहिर जान नदिने रणनीति बनाएको चर्चा छ । क्षेत्र नं १ मा अरुण नेपाल र सरेश नेपाल मध्ये एकको छनौट हुने निश्चित जस्तै छ । सहमतिबाटै उम्मेद्वार तय हुने भनिए पनि लामो समय अलग अलग गुटमा लागेको कारण वरिपरिकाले खेल्ने भुमिकामा टुगो लाग्ने बुझिन्छ ।
जानकारहरुले बताए अनुसार काँग्रेसले संघको टिकट लिएमा माओबादीको मत तान्न अरुणलाई उठाउने र संघको टिकट माओबादीले पाएमा काँग्रेशको मत तान्न सरेशलाई उठाउने रणनीति एमालेको हुन सक्छ । माओबादी र माधव नेपालका पुर्व खेमा ओली नेतृत्व बिरुद्व सहकार्यमा सकृय भएकोले माओबादी खेमाको सहानुभुति अरुणले पाउन सक्छन । प्रदेश सरकार ढाल्न अबिस्वासको प्रस्ताव टेबुल गर्ने, मंन्त्रीबाट राजिनामा दिने र संसद बिघटन बिरुद्व सडकमा उत्रेकोले अरुणको भुमिका प्रति माओबादी तुलनात्मक रुपले उदार भएको बुझिन्छ । सरेश नेपालले ०४९ सालमै कांग्रेससंग सहकार्य गरि निर्वाचन लडेका र स्थानिय तहमा सहकार्यको अनुभव बटुलेका कारण उनीलाई कांग्रेसको मत तान्न सहज हुन सक्छ भन्ने बिश्लेषकहरुको मत छ ।
केपी ओलीको नेतृत्वमा रहेको संस्थापन धारको अगुवाई गरिरहेको, १० बुँदेहरुलाई समेट्न उदारतापुर्वक सकृय भै पार्टी बिभाजनको असर कम गराउन सन्तुलकारी भुमिका खेलेको र हालसम्म प्रतिनिधि सभामा निर्वाचन लड्ने अवसर नपाएको कारणले सरेशको दावी स्वभाबिक ठानिएको छ । स्थानिय निर्वाचनमा क्षेत्र नं १ मा एमालेले ब्यहोर्न परेको धक्काका कारण त्यसको छाया संसदको निर्माचनमा पर्न नदिन संगठन सुद्रिढीकरण तथा सुद्विकरण अभियानमा सकृय छ एमाले । कांग्रेसमा प्रबेश गरेका भुपिन्द्र श्रेष्ठले क्षमायाचना सहित एमालेमा फर्कन निबेदन दिएका छन भने बाँकी केहिको सहयोग एमालेलाई नै हुने हुँदा आउदो निर्वाचन एमालेमय हुने प्रबल संभावना छ । महंगी, अभाव, भ्रष्टाचार र अमेरिकी शैनिक भित्र्याउने गठबन्धनको षडयन्त्रको कारण देशभक्त र जनपक्षिय जनमत गठबन्धनको बिरोधमा देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्