काठमाडौं, ३१ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडासम्म फोहोर लिएर जाने सडकको दुर्दशा आफ्नो फेसबुकमार्फत सावर्वजनिक गरी प्रचण्डको आलोचना गर्नुभएको छ । उहाँले लेख्नुभएको छ – श्रीमान प्रचण्डज्यु , उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।
उक्त सडकको ठेकेदार कम्पनीका सञ्चालक प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत भएकाले उहाले सो कुरा लेख्नुभएको हो । थुप्रै विकास आयोजनाहरू अलपत्र पारेको ठेकेदारको घरमा आश्रय लिएको भनेर विगतदेखि प्रचण्डको आलोचना हुने गरेको छ ।
साहले फेसबुकमार्फत ल्याण्डफिल साइट रहेको स्थानीय तहसँग गरेको सम्झौताको विवरण पनि सार्वजनिक गर्नुभएको छ । सोही सम्झौताको बुँदाहरु कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका बासिन्दा आन्दोलित भएका हुन्। प्रहरी प्रशासनको सहयोगमा आज १८६ फोहोरका गाडीहरू बञ्चरे डाँडा पुगेका थिए।। साहले फोहोर व्यस्थापनमा प्रहरी प्रशासनको लिनै नपर्ने उद्देश्य रहेको बताउनुभयो ।
फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस्। यो हाम्रो प्रतिबद्धता हो। हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ। उहाँले भन्नुभएको छ । नेपाली कांग्रेस धुनिबेंसी–१ का सभापति पूर्णसिंह तामाङका अनुसार आजको आन्दोलनमा झडप हुँदा एक जना घाइते भएका छन्। प्रहरीले अश्रुग्यास हान्दा घाइते भएको आन्दोलनमा झडप हुँदा एक जना घाइते भएका छन्। प्रहरीले अश्रुग्यास हान्दा घाइते भएको तामाङले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्