जनता टाइम्स

१ भाद्र २०७९, बुधबार ०७:१४

धादिङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


धादिङ, भदौं १ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले सोमबार बागमती प्रदेश–०१–०२५च ७८७२ नम्बरको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।