काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका ८ महामन्त्री विश्वप्रकाश शर्माले गृहजिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । काठमाडौं ५ मा पनि उहाँको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने प्रष्ट पार्नुभएको हो ।
शर्माको निर्वाचन क्षेत्र झापा १ मा नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले दावी गर्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि झापा १ आफूहरुलाई चाहिने दावी गरिरहनु भएको छ । माओवादीले दावी गरिरहेको बेला शर्माले आफू झापाबाटै चुनाव लडने बताउनु भएको हो ।
‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न,’ शर्माले ट्वीट गर्दै भन्नुभएको छ । माओवादी केन्द्रका केही ब्यक्तिको डिजाइनमा झापा छाडन लागेको चर्चा चलाइएपछि शर्माले मुख खोल्नुभएको हो ।
अघिल्लो निर्वाचनमा शर्मा झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएको थियो । उहाँलाई नेकपा माओवादी केन्द्रका राम कार्कीले पराजीत गर्नुभएको हो । शर्माले आफूले कसैलाई सो निर्वाचन क्षेत्र नछाडने उदघोष पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘फेरि प्रस्ट्याउँ – वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो !’













प्रतिक्रिया दिनुहोस्