जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार १४:४४

भारतका यी ११ राज्य जहाँ पुरुषको तुलनामा महिलाका बढी सेक्स पार्टनर छन् !


एजेन्सी, ३ भदौ । भारतका ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा पुरुषको तुलनामा महिलाहरू औसतमा बढी यौन पार्टनर राख्दछन् । तर त्यस्ता पुरुषको संख्या करिब ४ प्रतिशत रहेको पाइएको छ, जसले आफ्नो पत्नी नभएको वा कहिल्यै सँगै नभएकोसंग यौन सम्बन्ध राखेका छन् ।

यो संख्या महिलाको तुलनामा धेरै हो । यस्ता महिलाको संख्या ०.५ प्रतिशत मात्रै छ । राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा यो जानकारी आएको हो । यस सर्वेक्षणमा १ लाख १ हजार महिला र १ लाख पुरुषलाई समावेश गरिएको छ । यस सर्वेक्षणमा धेरै राज्यमा पुरुषको तुलनामा महिलाको यौन पार्टनरको संख्या बढी रहेको खुलासा भएको छ ।

राजस्थान, हरियाणा, चंडीगढ़, जम्मू र कश्मीर, लद्दाख, मध्य प्रदेश, असम, केरला, लक्षद्वीप, पुडुचेरी र तमिलनाडु जस्ता राज्यहरू र केन्द्र शासित प्रदेशहरू समावेश छन्। राजस्थान राज्यहरूको सूचीमा शीर्ष स्थानमा छ जहाँ महिलाहरूको औसत ३.१ पार्टनरहरू छन्, जबकि पुरुषहरूको मात्र १.८ छ ।

त्यसैगरी, कसैको पत्नी नभएका र लिभ–इनमा नभएका महिलासँग सम्बन्ध राख्ने पुरुषको संख्या ४ प्रतिशत रहेको पाइएको छ । यस्ता महिलाको संख्या पुरुषको तुलनामा निकै कम र ०.५ प्रतिशत मात्रै रहेको छ ।

२०१९ देखि २१ सम्म देशका २८ राज्य र केन्द्र शासित प्रदेशका ७०७ जिल्लामा गरिएको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणमा यो कुरा बाहिर आएको हो। यस सर्वेक्षणमा सामाजिक आर्थिक तथ्याङ्क पनि उल्लेख गरिएको छ ।