जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार ०८:५३

पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण


काठमाडौँ । भारत–पाकिस्तानबिचको तनाव तीव्र भइरहेका बेला पाकिस्तानले सञ्चालन गरेको ‘अपरेशन बुनयान-उन-मरसूस’ अन्तर्गत भारतका विभिन्न प्रमुख पूर्वाधार र सैन्य संरचनाहरूलाई निशाना बनाइएको दाबी गरिएको छ।

पाकिस्तानी राज्य सञ्चालित मिडिया र सुरक्षा स्रोतहरूका अनुसार निम्नलिखित स्थानहरूमा आक्रमण भएको बताइएको छ:

भारतको पावर ग्रिड
आदमपुरस्थित एस-४०० मिसाइल प्रणाली
केजी टप ब्रिगेड मुख्यालय: लक्षित आक्रमण
उरी आपूर्ति भण्डारण केन्द्र (सप्लाई डिपो)
आदमपुर र उधमपुरस्थित हवाई मैदानहरू
देहरांग्यारीमा तोपखाना तैनाथी स्थल (आर्टिलरी पोजिसन)
ब्रह्मोस क्षेप्यास्त्र भण्डारण स्थल

तर पाकिस्तानले दाबी गरेको यो कारवाहीबारे भारत सरकारले आधिकारिक प्रतिक्रिया जनाएको छैन ।