जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार ०८:४९

भारतको ब्रह्मोस मिसाइल भण्डारण केन्द्रमा आक्रमण गरेको पाकिस्तानी सेनाको दाबी


काठमाडौं, २७ वैशाख ।  पाकिस्तानले ‘अपरेसन बुनियान मरसुस’ अन्तर्गत भारतको पञ्जाबको सैन्य केन्द्रहरूमा आक्रमण गरेको छ । भारतको पंजाब प्रदेशको बियासमा रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको पाकिस्तानले दाबी गरेको अलजजिराले बताएको छ ।

पाकिस्तानी सेनाको दाबी अनुसार, भारतीय सैन्य सुविधाहरूमा प्रहार गर्नका लागि फतह–१ मध्यम दूरीको मिसाइल प्रणालीसहित धेरै सैन्य साधनहरू प्रयोग गरिएका अलजजिराले बताएको छ ।

ब्रह्मोस मिसाइलहरू सुपरसोनिक प्रकारको रहेको बताइएको छ, जसको अधिकतम प्रहार दूरी ८०० किलोमिटर ९४९७ माइल० छ । यी मिसाइलहरू पनडुब्बी, जहाज, लडाकु विमानलगायत विभिन्न सैन्य यानबाट प्रक्षेपण गर्न सकिन्छ ।
यो मिसाइल ब्रह्मोस एयरोस्पेसले विकसित गरेको हो जुन भारतको रक्षा अनुसन्धान तथा विकास संगठन र रूसी रकेट डिजाइन ब्युरो एनपीओ मासिनोस्ट्रयेनियाको संयुक्त कार्य हो ।

ब्रह्मोस नाम भारतको ब्रह्मपुत्र नदी र रूसको मोस्क्वा नदीको नामको मिस्रित शब्द हो ।