जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार ०७:२५

भारतको बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखियो


काठमाडौं, २७ बैशाख । भारतको रक्षा मन्त्रालयले बारामुल्लादेखि भुजसम्म २६ ठाउँमा ड्रोनहरू देखिएका छन् । यी शंकास्पद सशस्त्र ड्रोनहरूले नागरिक र सैन्य अखडाहरूमा क्षति पुर्‍याउन सक्छन् ।

यी ड्रोनहरू बारामुल्ला, श्रीनगर, अवन्तिपोरा, नगरोटा, जम्मू, फिरोजपुर, पठानकोट, फाजिल्का, लालगढ जट्टा, जैसलमेर, बारमेर, भुज, कुआरबेट र लाखी नालाको अन्तर्राष्ट्रिय सीमा र पाकिस्तानसँगको नियन्त्रण रेखानजिक देखिएका बीबीसीले जनाएको छ ।

फिरोजपुरको एक नागरिक क्षेत्रमा यस्तै ड्रोनले आक्रमण गरेको थियो । यस आक्रमणमा धेरै स्थानीय बासिन्दा गम्भीर घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।

रक्षा मन्त्रालयले भन्यो, “भारतीय सशस्त्र बलहरू सतर्क छन् र त्यस्ता सबै हवाई खतराहरूलाई काउन्टर–ड्रोन प्रणालीहरूद्वारा सम्बोधन गरिँदै छ । हामी हरेक परिस्थितिमा नजिकबाट निगरानी गरिरहेका छौँ । आवश्यकताअनुसार तुरुन्तै कारबाही भइरहेको छ ।”

रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई घरभित्रै रहन र स्थानीय रूपमा जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ । सेनाले आत्तिनु नपर्ने तर सतर्कता आवश्यक रहेको बताएको छ ।