काठमाडौं, भदौ ३ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत गिरीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका एक चिकित्सकले गिरी क्यान्सरको अन्तिम चरणमा रहनु भएको र उहाँको अवस्था क्रिटिकल रहेको बताए । चिकित्सकका अनुसार गिरीलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन।
उहाँ घाँटीको क्यान्सरसम्बन्धी समस्याबाट पीडित छन्। पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ। गिरी झन्डै एकमहिनादेखि उपचारत हुनुहुन्छ। उहाँले यसअघि भारतमा समेत उपचार गराउनु भएको थियो । कांग्रेस नेता बिमलेन्द्र निधिले आज अस्पतालमै पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
अस्पतालबाट फर्केर गिरीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘मेडिसिटीमा दोस्रो पटक प्रदिप गिरीलाई भेटेर बाटोमा फर्किदैछु। स्तब्ध र निरिह छु। ईश्वरी चमत्कारका लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं।’













प्रतिक्रिया दिनुहोस्