जनता टाइम्स

४ भाद्र २०७९, शनिबार ०८:२०

आफ्ना सहयोगीमाथि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान


इस्लामाबाद, ४ साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हिजो आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धबिरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गर्नुभएको छ ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुखर्ले शहबाज शरीफ सरकारको बिरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गर्नुभयो ।
‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उहॅाले सामाजिक सन्जाल ट्वीटरमा अर्को ट्वीट गर्दै भन्नुभएको हो ।