जनता टाइम्स

४ भाद्र २०७९, शनिबार १५:४२

भिडियो चुहावट भएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘ड्रग टेस्ट’


एजेन्सी, ४ भदौ । फिनल्याण्डकी प्रधानमन्त्रीले फिनल्याण्डका पपस्टारसँग नेता नाचिरहेको नयाँ फुटेज बाहिरिएपछि आफूले ‘ड्रग टेस्ट’ गरेको बताउनु भएको छ।

एउटा पार्टीको भिडियो सार्वजनिक भएपछि ३६ वर्षीया सान्ना मारिन यस हप्ता आलोचनामा पर्नु भएको थियो । भिडियोमा उहाँ पार्टीमा नाचेको देख्न सकिन्छ ।

भिडियो देखेपछि केही राजनीतिज्ञहरूले उनलाई लागुऔषधको लागि परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

शुक्रबार एक पत्रकार सम्मेलनमा मारिनले आफूले परीक्षण गरेको र त्यसको नतिजा अर्को साता आउने आशा व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले आफूले कहिले पनि लागुऔषध सेवन नगरेको बताउनु भएको छ ।

‘मैले गैरकानूनी केही गरेकी छैन्’, उहाँले हेलसिंकीमा पत्रकारहरूलाई भन्नुभयो । ‘मेरो किशोरावस्थामा पनि मैले कुनै पनि प्रकारको औषधि प्रयोग गरिन’, मारिनले थप्नुभयो ।