काठमाडौं, भदौ ७ । सिटबाँडफाँटबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलको बैठक बिना निश्कर्ष टुंगिएको हो ।
बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित हुनुहुन्थ्यो । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् ।
आजको बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुनः बस्ने जनाइएको छ । कार्यदलको बैठकमा नेपाली कांग्रेसले एक्लै सय सिट राखेर अरुलाई ६५सिटमा सिमित गर्ने प्रस्ताव गरेको छ भने माओवादीले २०७४ मा जितेको संख्या कायम राखेर बाँकीमा छलफल गर्नुपर्ने बताएको छ ।













प्रतिक्रिया दिनुहोस्