एजेन्सी, ८ भदौ । आनन्दपुरी कोलोनीमा कारभित्र प्रेमिकासँग जन्मदिन मनाउँदै आएका भाजपा नेतालाई उनकी पत्नी र आफन्तले चप्पलले कुटपिट गरेका छन् । घटनाको जानकारी पाएलगत्तै जुही प्रहरीले दुवै पक्षलाई प्रहरी चौकी लगेको थियो । त्यहाँ पनि दुवै पक्षबीच झगडा भएको थियो ।
बाबुपुरवा क्षेत्रका बासिन्दा मोहित सोनकर भाजपामा कानपुर(बुन्देलखण्डका क्षेत्रीय मन्त्री हुन् । उनको विवाह नौबस्ता क्षेत्रकी एक युवतीसँग भएको थियो । शनिबार उनकी पत्नीले मोहित आनन्दपुरी कालोनीमा अर्की महिलासँग बसेको थाहा पाएकी थिइन् ।
यसपछि पत्नी आफन्तसहित त्यहाँ पुगिन् । पतिले प्रेमिकाको जन्मदिन कारभित्र मनाएको देखेर आक्रोशित भइन् र आफन्तसहित दुवैलाई कारबाट बाहिर निकालेकी थिइन् । आक्रोशित पत्नी र उनका भाइले मोहितलाई चप्पलै चप्पले हानेका थिए ।
कानपुर में भाजपा नेता की सरेआम पत्नी ने की पिटाई। pic.twitter.com/NfAqIcmYmN
— abhishek kumar agnihotri (@abhishe19913644) August 21, 2022
मानिसहरूले उनीहरूको कुटपिटलाई मोबाइलबाट भिडियो बनाएर इन्टरनेट मिडियामा भाइरल गरे । घटना थाहा पाउनेबित्तिकै जुही प्रहरीमा पुग्यो र दुवै पक्षलाई प्रहरी चौकीमा लगे । जहाँ दुवै पक्षले प्रहरीकै सामुन्ने एकअर्कालाई आरोप प्रत्यारोप गर्दै हंगामा सुरु गरेका थिए ।
मोहितकी पत्नीले पतिको प्रेमिका भाजपा महिला मोर्चाकी पदाधिकारी भएको आरोप लगाएकी छिन् । यी दुईबीच लामो समयदेखि अवैध सम्बन्ध चल्दै आएको छ । पत्नीकाअनुसार यसको विरोध गर्दा मोहितले उनलाई पटकपटक मार्ने धम्की दिएका थिए ।
अर्कोतर्फ, बीजेपी कानपुर–बुन्देलखण्ड क्षेत्रीय अध्यक्ष मानवेन्द्र सिंहले भने कि मोहित सोनकरले स्वास्थ्य कारणले २० दिन अघि राजीनामा दिएका छन्। उनी पार्टीका सामान्य कार्यकर्ता हुन् । शनिबार राति भएको घटनाको अनुसन्धानपछि कारबाही गरिने छ ।
प्रतिक्रिया दिनुहोस्