भक्तपुर, भदौ ८ । राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ता केही दिनदेखि झण्डा र नाराबाजीसहित सडकमा फोहोर टिप्न थालेका छन । राजधानीको फोहोर नउठिरहेका बेला नेकपा एमालेको भातृ संगठन युवा संघले सफाई अभियान सुरु गरेको हो।







हरितालिका तीजको सन्दर्भमा रचनात्मक काम गर्ने भन्दै युवा संघले आज जडिबुटीदेखि गठ्ठाघरसम्म सडक सफा गरेको हो। सरसफाई कार्यक्रममा युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत आफै हातमा झाडु लिएर खटिनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्