जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार ०७:२०

एमाले पोलिट्ब्युरो बैठक आज बस्दै, यस्तो छ एजेण्डा


काठमाडौं, भदौ ९ । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनुहुनेछ । बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन समेत गर्ने कार्यसूची रहेको छ ।