जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार ०८:२१

रेशम चौधरीकी पत्नी रञ्जिताद्वारा कैलाली–१ मा उम्मेदवारी घोषणा


काठमाडौं, ९ भदौ । नागरिक  उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष चौधरीले उक्त घोषणा गर्नुभएको हो ।

२०७९ साल मंसिर चार गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलालीका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट म आफ्नो उम्मेदवारीको घोषणा गर्न चाहन्छु’, उहाले भन्नुभयो । रञ्जिता २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी श्रीमति हुनुहन्छ । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम चौधरी कारागारमा हुनुहुन्छ ।

कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि रञ्जिताले आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । २०७८ पुसमा गठित नागरिक उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा प्रमुख पद जितेको छ।