इस्लामावाद, भदौ ९ । पाकिस्तानको एउटा अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ । इस्लामाबादस्थित प्रतिआतंकवाद अदालत (एटीसी) ले पूर्वप्रधानमन्त्री खानलाई सेप्टेम्बर १ सम्मका लागि जमानत दिँदै पक्राउ नगर्न आदेश दिएको हो ।
खानविरुद्ध गत हप्ता राजधानीमा आयोजित एक र्यालीमा महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। न्यायाधीश राजा जवाद अब्बास हसनको इजलासले १ लाख धरौटीमा जमानत दिएको हो। पाकितानी मिडियाका अनुसार खानले शनिबार इस्लामाबादमा एक भाषणको क्रममा प्रहरी प्रमुख र एक महिला मजिस्ट्रेट विरुद्ध कारबाही गर्ने भनेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।
खानलाई पक्राउ पर्न सक्ने आशंकामा समर्थकहरू शनिबार राति नै उनको घरबाहिर भेला भएका थिए । यदि उनलाई पक्राउ गरेमा राजधानी कब्जा गर्ने उनीहरूले चेतावनी दिएका थिए । साथै खान पक्राउ परेमा प्रधानमन्त्री शाहबाज शरीफले त्यसको परिणाम भोग्नुपर्ने भन्दै उनीहरूले चेतावनी दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्