जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १४:०२

तस्विरमा यस्तो देखियो एमाले केन्द्रीय कमिटी बैठक, हेर्नाेस १७ तस्विर


काठमाडौं, १० भदौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी छ । दुई दिनसम्म चल्ने बैठक आसन्न मंसिर ४ को निर्वाचनमा केन्द्रित छ ।

आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको सपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदनलगायत ११ एजेण्डा रहेको छ ।