जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १७:५८

अध्यक्ष ओलीको प्रतिवेदनमाथि सुझाव दिन बन्यो ९ वटा समुह


काठमाडौं, भदौ १० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिन ९ वटा समूह बनाइएको छ ।

अध्यक्ष ओलीको प्रतिवेदनमाथि सुझाव दिन भौगोलिकतर्फका सात प्रदेश र जनसंगठन तथा प्रवासका अलग अलग समूह बनाएर प्रतिवेदनमाथि छलफल अघि बढाउने निर्णय भएको हो ।

एमाले केन्द्रीय प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार अध्यक्षको प्रतिवेदनमाथि ९ वटा समुहमा छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गरिने छ । बैठकपछि उपप्रमुख रिजालले सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल सुरू भएको बताउनु भयो ।

अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवदेनमाथि पनि छलफल हुनेछ । समुह गठनसँगै केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ ।