जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १८:०२

बढन थाल्यो मुलुकभर अपराधका घटना, कपिलवस्तुमा गोली प्रहार गरी एक जनाको हत्या


कपिलवस्तु, भदौ १० । गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका ६ मदरहवा गाउँमा एक जनाको हत्या भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको हत्या भएको हो ।

गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो समय मुलुकभर अपराधका घटना बढन थालेको छ ।