काठमाडौं, ११ भदौ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १०० सिट मागिरहेको नेपाली कांग्रेसलाई गठबन्धनका अन्य दलहरुले भने ३१ सिट छुट्याई दिएका छन् । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेस बाहेकका दलले १३४ सीट दाबी गरेपछि कांग्रेंसको भागमा ३१ सिट बाँकि रहेको हो । जसरअनुसार माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ सिट र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको हो । यदि गठबन्धनका चार दलको चित्त बुझाउने हो भने सत्तारूढ नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बढीमा ३१ जना उम्मेदवार उठाउन पाउँछ। तर काँग्रेसले १०० सिटको दाबि गरिरहेको छ ।
सीट भाग लगाउन भदौ ९ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा दलहरूले आआफ्ना दाबी प्रस्तुत गरेका थिए। त्यसोत आफूलाई गठबन्धनमै रहेको दाबी गर्ने बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले अहिलेसम्म कति सीट माग्ने हो, प्रष्ट छैन। बाबुरामको पनि चित्त बुझाउने हो भने कांग्रेसले ३१ सिटबाट पनि अझै तल झर्नु पर्ने हुन्छ ।
समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समयसीमा तीन साता पनि बाँकी नरहेकाले गठवन्धनमा सिट बाँडफाँड चाँडै टुंग्याउनुपर्ने सकस छ । प्रत्यक्षतर्फकै टिकट बाँडफाँडमा किचलो हुने संकेत देखिए पछि धेरैले यो गठबनधनको आयू धेरै समय नरहेको टिप्पणी गरिरहेका छन् । गठबनधनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने यता सिटबाँडफाडको किचलो देखाएर बैठक डाकिरहने र अर्को तिर आफ्नो चुनावी कार्यक्रम पनि जारी राख्ने रणनीति लिइरहेको छ । उस्ले सिटबाँडफाँडमा चार दल लचक भएनन् भने उनीहरुलाई निर्वाचनको अन्तिम समयमा त्यसै छोडेर जानेगरी आफ्नो तयारी गरिरहेको हो । कांग्रेसले आजदेखि जनताको साथमा नेपाली कांग्रेस नाम दिएर एक्क्लै कार्यक्रम सुरु गरेको छ ।
सिटबाँडफाँडलाई थातीमै राखेर कांग्रेस एक्लै निर्वाचनमा होमिएसँगै गठबन्धनमा हलचल पैदा भइरहेको छ । कांग्रेस आगामी निर्वाचन पछि एकल बहुमतको सरकार बनाउने रणनीतिमा छ ।













प्रतिक्रिया दिनुहोस्