काठमाडौं, भदौ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई पुनः धम्की दिनुभएको छ । उहाँले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने भन्दै धम्क्याउनु भएको हो ।
पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताउनु भयो । भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए ।
‘प्रचण्ड कमरेडले संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिनुभयो । कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भन्नुभयो,’ ती नेताले भने ।
प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सार्नुभएको छ । कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने प्रचण्डको भनाई थियो । ‘गठबन्धनभित्र पनि वाम दलहरु हुनुहुन्छ । बाममोर्चा बनाएर चुनावमा जान सकिन्छ । तर, हामी गठबन्धनमा प्रतिवद्ध छौं । कांग्रेस पनि हामीसँगै छ,’ प्रचण्डको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्