काठमाडौं, भदौ १२ । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको बिषयमा चर्काे बिवाद देखिएको छ । एमालेसँग एक्लै चुनाव लडेर जित्न नसकिने निश्कर्षसहित गठबन्धन गर्ने निर्णय गरेको पाँच दलीय गठबन्धनभित्र सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि चर्काे बिवाद देखिएको हो ।
आ–आफ्नै अडानकै कारण सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठकमा आज पनि कुनै प्रगति हुन सकेन । सहमति नभएपछि अहिलेसम्म कार्यदलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति गर्दै बैठक सकिएको छ । बैठकले अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिइएको छ ।
सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० सिट छाडन नसकिने बटमलाइन सुनाएको छ भने नेकपा माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ४० सिट, जनता समाजवादी पार्टीले ३२ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।
बैठकमा सहमति जुटन नसकेकै कारण माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले भाउ खाए एमालेसँग मिल्ने धम्की दिनुभएको पाइएको छ । कांग्रेस गलाएर आफूले भनेजति सिट लिन प्रचण्डको यो भनाई आएको बुझाइ कांग्रेसको रहेको छ ।













प्रतिक्रिया दिनुहोस्