जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार २२:३९

नेकपा एस सर्लाहीको उपाध्यक्ष यादव सहित जिल्लाका प्रभावशाली नेताहरु एमाले फिर्ता


काठमाडौं, १७ भदौ। नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादव सहित जिल्लाका प्रभावशाली नेताहरु कार्यकर्ता एमालेमा फर्किनुभएको छ ।

नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमाले फर्किनुभएको हो । सर्लाहीको मलंगवास्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहबीच उहाँहरूले एमालेमा फर्केको घोषणा गर्र्नुभएको हो । उहाँहरुलाई पूर्वसांसद हरि उप्रेतीले स्वागत गर्नुभएको छ । जिल्ला कमिटीका २५ जनासँगै करिब ५ सय कार्यकर्ता प्रवेश गरेको नेकपा एमालेले बताएको छ ।