जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १६:४७

भीम रावल सर्वसम्मत, एमालेले गर्यो अछामका दुवै क्षेत्रमा एकल नाम सिफारिश


अछाम, भदौ १९ । नेकपा एमालेका नेता भीम रावल आफ्नो निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार चयन हुनुभएको छ । निर्वाचन क्षेत्रीय कमिटी–१ को आज बसेको बैठकले नेता रावललाई अछाम सर्वसम्मत उम्मेदवार बनाउने निर्णयसहित एकल नाम सिफारिश गरेको हो ।

रावल यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट बिजयी हुनुभएको थियो । राष्ट्रवादी नेताका छवी बनाउनु भएका रावलले राष्ट्रिय राजनीति र अछामको बिकासमा खेलेको भूमिकाको कदर गर्दै सवै एमालेका नेता कार्यकर्ताले उहाँलाई एकल नाम सिफारिश गरेका हुन ।

यसैगरी अछाम क्षेत्र नम्बर २ मा पनि सर्वसम्मत उम्मेदवार सिफारिश भएको छ । एमाले निर्वाचन क्षेत्रीय कमिटी २ ले सो क्षेत्रमा यज्ञबहादुर बोगटीलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णयसहित एकल नाम सिफारिश गरेको हो ।