जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १२:१३

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक


काठमाडौं, २० भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिवसमेत रहेका राईकी आमा धनकुमारी राईको सोमबार बिहान निधन भएको हो । उहाँ ८४ वर्षकी हुनुहुन्थ्यो ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।