जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार १८:४४

तामाकोसीमा डुबेर एक जनाको मृत्यु


काठमाडौं, २१ भदौ । तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापका एक युवकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–४ पुछिघाटका १९ वर्षीय रामकुमार माझीको डुबेर ज्यान गएको हो ।

माझी हिजो दिउँसो मन्थली नगरपालिका–७ ओडारेस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका निम्ति जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।