जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार ०९:३७

लागुऔषध मुद्दामा ६७ वर्षीया महिला पक्राउ


काठमाडौं, २२ भदौ । लागुऔषध (चरेश) मुद्दामा एक वर्ष तीन महिना कैद सयाज पाएकी जाजरकोटकी ६७ वर्षीया एक महिलालाई पक्राउ गरी प्रहरीले जेल चलान गरेको छ।

जाजरकोट नलगाड नगरपालिका ३ की ओमकुमारी थापालाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत उपस्थित गराई भदौ १९ मा कारागार चलान गरिएको प्रहरीले जनाएको छ।उनीविरूद्ध २०७१ मंसिर २५ मा बाँके जिल्ला अदालतले एक वर्ष तीन महिना कैद सजाय गर्ने फैसला गरेको थियो। उनले अब एक वर्ष एक महिना कैद सजाय काट्नुपर्ने प्रहरीको भनाइ छ।