काठमाडौं, २४ भदौ । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । बागमती प्रदेश कार्य समितिको बैठकले भण्डारीलाई समानुपातिकमा सिफारिस गरेको हो ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का बासिन्दा भण्डारी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ।
पछिल्लो समयमा सामाजिक कामका कारण सिन्धुपाल्चोकमा स्थापित उहाँलाई प्रदेश समितिले नै सिफारिस गरेपछि सम्भावित बन्द सूचीको बलियो दाबेदार बन्नुभएको हो । सिन्धुपाल्चोक खाडीचौरमा ५५ बेडको सिन्धु सदाबहार अस्पताल र सिन्धु सदाबहार नर्सिङ कलेज स्थापना गर्नुभएको भण्डारीले कोभिड संकटको बेला गाउँ–गाउँमा स्वास्थ्य सामग्री पुर्याउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्