काठमाडौं, २५ भदौ । अन्तराष्ट्रिय संस्था भिजन क्लब अफ काठमाडौंले आज काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर स्वास्थ्य शिविर संचालन गरेको छ । नेशनल बाथरोग सेन्टर तथा बद्री तिर्थ समाज संग सयुक्तरुपमा क्लबले शिविरको आयोजना गरेको हो । उक्त शिविरबाट महिला पुरुष गरि १ सय ४० जनाले स्वास्थ्य सेवा लिनुभएको छ ।
आज समय अभाव भै फिर्ता जानू भएकाहरुले २०७९/६/१ गते शनिबार ९ बजेदेखि १० बजेसम्म पुन जांच गरिने भएको छ र आज जचाँउनु भएकाहरुले रिपोर्ट सहित पुन चेक जांच हुने भएको हुंदा सो दिन रिपोर्टसाथमा लिएका आउनुहुन समेत अनुरोध गरिएको छ ।
जहाँ जे आवश्यक छ त्यहि किसिमको सेवा पुर्याउने उदेश्यले खोलिएको अमेरिकाको न्यूयोर्कमा आफ्नो प्रमुख कार्यालय भएको अन्तराष्ट्रिय संस्था भिजन क्लव इन्टरनेशनलले विभिन्न क्षेत्रमा सहयोग गदै आएको छ । साथै भिजन क्लव अफ काठमाडौंले पशुपति आर्यघाटमा वेवारिस लासहरू दाहसंस्कार गर्दै आउनुभएका अभियन्ताहरू विनय जंग बस्नेतलाई ५५ हजार र सपना रोक्का मगरलाई ४५ हजार नगद गत भाद्र १५ गते सहयोग गरिएको थियो । यता एउटा निजी स्कूलमा कक्षा ११ मा पढने १ जना गरिव जेहेन्दार विद्यार्थी छात्रवृति प्रदान समेत यस क्लबले गरेको छ ।














प्रतिक्रिया दिनुहोस्