जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार ०७:३६

एलिजाबेथको मृत्युमा बीबीसीले गर्‍यो ठूलो गल्ती, ‘रेजिना’ को सट्टा गोप्य अंगको नाम आएपछि . . .


एजेन्सी, २६ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएपछि शाही परिवारको बारेमा समाचार प्रसारण गर्दा बीबीसीले आफ्नो अडियो सबटाइटलमा ूठूलो गल्तीू गरेको छ। जसका कारण मुख्य शब्दलाई राम्रोसँग प्रसारण गर्न सकिएन ।

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले बहिराहरूको लागि स्वचालित उपशीर्षक प्रणाली प्रयोग गर्दछ। यस्तो अवस्थामा यो प्रणाली मार्फत स्क्रिनमा समाचार प्रसारण गर्दा गल्ती हुने गरेको छ ।

जब राजा चार्ल्स तृतिय र उनकी पत्नी क्यामिला शुक्रबार स्कटल्याण्डबाट लन्डन आइपुगे, बीबीसीले स्क्रिनमा ‘रेजिना’ शब्दलाई ‘योनि’ (भजाइना) शब्द प्रयोग भएको थियो जसको उपशीर्षकमा ‘योनी’ शब्द प्रसारण गरिएको थियो।

उपशीर्षकले यो स्पष्ट पार्ने उद्देश्य राखेको थियो कि क्यामिला रानी रेजिना, शासन गर्ने रानी हुनेछैनन्, तर नयाँ राजाकी पत्नीको रूपमा रानी कन्सोर्ट हुनेछिन् ।

टेलिभिजनमा अनौठो शब्दहरू देखेपछि एक दर्शकले ट्वीटरमा टिप्पणी गरे, ‘बीबीसीले क्यामिलाको बारेमा कुराकानीको क्रममा ‘रानी रेजिना’ शब्दको गलत हिज्जे सबटाइटल गरेको छ।’ अन्य धेरैले सामाजिक सञ्जालमा भने ‘सरकारी प्रशारणले आफ्नो प्रशारणमा अझ धेरै सतर्कता अपनाउनु पर्छ, यो लापर्वाही भयो ।’

बीबीसी युनाइटेड किंगडमको राष्ट्रिय प्रसारक हो । यसको मुख्यालय वेस्टमिन्स्टर, लन्डनको ब्रोडकास्टिङ हाउसमा छ। यो विश्वको सबैभन्दा पुरानो राष्ट्रिय प्रसारणकर्ता हो, र कर्मचारीहरूको संख्यामा विश्वको सबैभन्दा ठूलो प्रसारक हो। बीबीसी एक शाही चार्टर अन्तर्गत स्थापित भएको हो र ‘डिजिटल, संस्कृति, मिडिया र खेलकुदका लागि राज्य सचिव’ सँगको सम्झौता अन्तर्गत सञ्चालन हुन्छ । बीबीसी विश्व सेवाले २८ भाषामा प्रसारण गर्छ।