एजेन्सी, २६ भदौ । मेक्सिकोमा शनिबार भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । यहाँ मोन्टेरे सहर जाने राजमार्गमा इन्धन भरिएको ट्याङ्कर र बस एक आपसमा ठोक्किएका छन् ।
उक्त घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक आपसमा ठोक्किएपछि दुबै गाडीमा आगो लागेको र पूरै जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन्।
सुरुमा नौ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्य नौ जनाको जलेको शव पछि निकालिएको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
जानकारी अनुसार दुर्घटनामा ट्याङ्कर चालक सकुशल छन् । उनलाई सामान्य चोट लागेको छ । प्रहरी उनीसँग सोधपुछमा व्यस्त छ । बस हिडाल्गोबाट मोन्टेरी सहर जाँदै गरेको अनुसन्धानले देखाएको छ ।













प्रतिक्रिया दिनुहोस्