जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार ०८:४६

बालिका बलात्कार गर्ने सेनाका अमल्दार पक्राउ


गोरखा, २७ भदौ । मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको अभियोगमा सेनाका अमल्दार पक्राउ परेका छन्।बागलुङ गलकोट–११ घर भई नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।

चुमनुब्री–३ पामोकी १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका हुन्। शनिबार अपरान्ह साढे पाँच बजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेका रानालाई घटनास्थलमै स्थानीय बासिन्दाले समातेर स्थानीय प्रहरी चौकीमा बुझाएका थिए।