जनता टाइम्स

३० भाद्र २०७९, बिहीबार २३:१८

महाअभियोग समितिले चोलेन्द्र शमशेरलाई भोलि पनि बोलायो


काठमाडौं, ३० भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग समितिले भोलिको बैठकका लागि बोलाएको छ। शुक्रबार बिहान ९ बजे बस्ने बैठकमा राणालाई पूरक प्रश्न सोध्न बोलाइएको समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो।

उनीमाथि थप प्रश्‍न सोध्ने कामसँगै प्रतिवेदन पनि तयार गर्ने तयारी रहेको उहाँले बताउनुभयो । बिहीबार समितिले वरिष्ठ अधिवक्ता तथा वकिलहरूसँग बयान लिएको थियो। वरिष्ट अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, लिलामणी पौडेललगायतसँग बयान लिएको हो।