जनता टाइम्स

३१ भाद्र २०७९, शुक्रबार ११:२०

केपी ओली सिरहा जाँदै, माओवादी र जसपाको हजारौँ नेता–कार्यकर्ता एमाले प्रवेश गर्दै


काठमाडौं, ३१ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन सिरहा जादै हुनुहुन्छ ।सिरहामा उहाँले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने हजारौ नेता तथा कार्यकर्ताहरुलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवलायतका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो ।

पार्टी प्रवेश कार्यक्रम सिरहाको गोलबजार नगरपालिकाको चोहर्वामा राखिएको छ । निर्वाचन नजिकिएसँगै एमाले प्रवेश गर्नेहरुको लहर चलिरहेको एमालेको दावी छ ।