जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १७:२८

राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभाको अधिवेशन अन्त्य


काठमाडौं, १ असोज । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गर्नुभएको छ ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गर्नुभएको थियो । शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो। सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गर्नुभएको थियो ।