जनता टाइम्स

१ आश्विन २०७९, शनिबार २१:४८

चालेन्द्रबिरुद्धको महाअभियाग सिफारिश समितिमै पुगेन दुईतिहाई


काठमाडौं, असोज १ । संसदीय समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ। नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको असहमतिका बीच महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको हो।

समितिका ११ सदस्यमध्ये सत्तारूढ गठबन्धनमा आवद्ध दलका ६ सांसद पक्षमा तथा नेकपा एमाले र लोसपाका पाँच सदस्य विपक्षमा उभिएका छन ।

प्रतिवेदनमा एमालेले आठबुँदे असहमति जनाएको एमाले उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले जानकारी दिनुभयो। ुप्रतिवेदनमा प्रश्न उठ्दा उठ्दै पनि पारित गरियो। हामीले जबरासँग तथ्य मागिरहेका थियौं। बयान अझै सकिएको थिएन। यो प्रतिवेदन अपुरो छ, पौडेलले भन्नुभयो ।