काठमाडौँ, ४ असोज । चिनियाँ सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद वु जुनयोउले मानिसहरुलाई विदेशीसँग छालासँग छाला छोइने किसिमको कुनै पनि सम्पर्क नगर्न चेतावनी दिएका हुन्।
उनको यो पोस्टसँगै एक विवाद उत्पन्न भएको छ। यसलाई धेरैले नश्लभेदी अभिव्यक्ति भएको बताएका छन्। वुले गरेको पोस्टमा पछिल्लो तीन सातामा बाहिरबाट आउने मानिसको सम्पर्कबाट बच्न सुझाव दिइएको छ। अहिलेसम्म चीनमा फेला परेका मंकीपक्सका संक्रमित चिनियाँ हुन् भन्ने खुलेको छैन।
धेरै मानिसले उनको पोस्टमा प्रतिक्रिया दिँदै यस्तो अभिव्यक्ति दिनु नहुने बताएका छन्।
एक प्रयोगकर्ताले भनेका छन्, ‘महामारीको सुरुवातमा चिनियाँ नागरिकलाई भाइरसको संक्रमण हुँदैन र दोस्रो मुलुकका मानिसलाई मात्र संक्रमण हुन्छ भन्ने गलत हो।’













प्रतिक्रिया दिनुहोस्